नेप्सेमा दोहोरो अंकको वृद्धि, लगानीकर्ता जलविद्युत् कम्पनीमा झुम्मिए
- गाउँ सहर संवाददाता
- २६ जेठ सोमबार, २०८२ | १५:१९:०० मा प्रकाशित

काठमाडौं । लगातारको चार दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा पुगेको छ ।
यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो । अघिल्लो कारोबार दिन आइतबार नेप्से ११ अंकले घटेर २६२९ विन्दुमा कायम भएको थियो । गत साताको मंगलबार नेप्से ३५.७३ अंक, बुधबार ११.९७ अंक र बिहीबार ५.९९ अंकले घटेको थियो ।
आज सूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार नेप्सेमा कुल ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार जलविद्युत् समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । जलविद्युत् समूहको सेयर मूल्य २.४७ प्रतिशतले बढ्दा लगानी समूहमा १.२९ प्रतिशतको वृद्धि भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभामुखले पेलेरै अघि बढाए संसद (लाइभ)
- नेपालबाट व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
- बेलिब्रिज खस्दा पाँचथरमा घाइते भएका तीन मजदुरको मृत्यु
- आज ल्याउँदैछन् सातै प्रदेशले वार्षिक बजेट
- संसदमा रास्वपा र राप्रपाकाे बिराेधबीच सञ्चालन (लाइभ)
- राष्ट्रिय सभा बैठकमा छलफल जारी (लाइभ)
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
प्रतिकृया दिनुहोस