शिक्षा

देशभरबाटै सबैभन्दा बढि जीपीए ल्याउनेमा 'रिलायन्स इन्टरनेशलन एकेडेमी'

काठमाडाैं । काठमाडाैंको रिलायन्स इन्टरनेशलन एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भएकाे छ । शुक्रबार सार्वजनिक भएकाे एसइई नतिजामा रिलायन्सका १९ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

अंशु गुरूङ, आयुशा देउजा, अर्पना कुमारी चाैधरी, अस्मिता निराैला, आश्रिया भट्टराई, विविशा खत्री, विधेयक भट्टराई, इभान्जेलिना मैनाली, काजाेल पण्डित, कुशल बानियाँ, प्रशिद्ध केसी, प्रार्थना अधिकारी, प्रतिक कार्की, रिचा पाैडेल, राेशनी साह राैनियार, समिर तामाङ, साैगात ज्ञवाली, शितल उपाध्याय र युगिन नेपालले सर्वोत्कृष्ट नतिजा अर्थात ४ जीपीए ल्याएका हुन् । 

गत वर्ष पनि ५ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । यस वर्ष एसइईमा कुल १०२ जना परीक्षार्थी सहभागी रहेकोमा ७८ जनाले ३.६० देखि ३.९९ जीपीएसम्म प्राप्त गरेका छन् । 

५ जनाले ३.३३ देखि ३.५९ जीपीए ल्याएकाे रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले जानकारी दिए । आधुनिक शिक्षण सिकाई, अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार जस्ता कुराले वर्षेनी रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हात पार्ने गरेको अध्यक्ष थापाले बताए ।

‘विद्यालयले जुन नतिजा प्राप्त गरेकाे छ त्यसको श्रेयको भागिदार शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबै हुनुहुन्छ,’ उनले भने, ‘यो अवसरमा हाम्रो विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’

विद्यालयका प्राचार्य खेमलाल भुषालका अनुसार देशभरबाट एसइईमा सबैभन्दा धेरै ४ जीपीए ल्याउने रिलायन्स इन्टरनेशनल एकेडेमी नै रहेकाे दाबी गरे ।

प्राचार्य भुसालले भने-'गुणस्तरिय शिक्षा हाम्राे पहिलो सर्त हो । त्यससँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा रिलायन्सले जोड दिँदै आएको छ । पढाईका साथसाथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने शैक्षिक वातावरणका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि जाेड दिँदै आएकोले याे नतिजा प्राप्त भएकाे हाे । याे मैले थाहा पाए अनुसार मुलुकभरबाट नै एसइईमा सबैभन्दा बढी जीपीए ल्याउने विद्यालय हाम्रै हाे । १०२ जनाले एसइई दिएकामा १९ जनाले जीपीए ४ ल्याउने सफल भएका छन् । जुन सबैका लागि खुशीकाे कुरा हुने नै भयाे । जसका लागि मुख्य गरि शिक्षक-शिक्षिका, अभिभावक, कर्मचार साथीहरू र स्थानीय निकायले गरेकाे सहयाेग अतुलनीय छ ।'

त्यसाे त विद्यालयले यसअघि पनि सर्वाेत्कृष्ट नतिजा ल्याउँदै आएकाे छ । यसअघि २०७५ काे एसइईमा संस्थागत विद्यालयतर्फ देशभरबाट प्रथम भइ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा पुरस्कृत समेत भएकाे थियाे ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन मिलनचाेकमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

२०७९ काे एसईई बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट नतिजामा पहिलो बनेर बागमती प्रदेश सरकारबाट सम्मानितसमेत भएको थियाे भने गत वर्ष दाेस्राे भएकाे थियाे । 

'प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् । विद्यार्थीलाई पाठ घोकाउने मात्र नभई पठनपाठनका लागि सहजीकरण गरिदिने, अतिरिक्त कक्षा सञ्चालन र अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकिय समूह र पर्याप्त शैक्षिक सामाग्रीले यहाँसम्मकाे सफलता दिलाएकाे हाे' विद्यालयका प्राचार्य भुषालले भने- 'याे एकैपटक र एकपटक राम्राे नतिजा आएकाे हाेइन, निरन्तर राम्राे रिजल्ट छ । सबैकाे मिहेनतकाे परिणामले मात्रै सम्भव भएकाे हाे । याे तहकाे नतिजा हामीले अपेक्षा पनि गरेका थियाैँ ।' 

कक्षा १० को अन्तिम परीक्षा एसईई २०८१ को परीक्षाको नतिजा अनुसार नियमित परीक्षामा सहभागी भएका मध्ये ३ दशमलब देखि चार जिपीए सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार एक सय ७७ छ । यस्तै ३ दशमलब दुई देखि ३ दशमलब ६ सम्म ल्याउने ८१ हजार तीन सय ८५, २ दशमलब ८ ३ दशमलब दुई सम्म ल्याउनेको संख्या ८९ हजार एक सय २४ छ । यस्तै जीपीए २ दशमलब ४ देखि २ दशमलब ८ सम्म ल्याउने विद्यार्थी ४८ हजार चार सय ७९ जना छ । २ दशमलब शुन्य देखि २ दशमलब ४ सम्म चार हजार एक सय २६, जीपीए १ दशमलब ६ देखि २ दशमलब शुन्य सम्म ८ जना विद्यार्थी छन् । एक सय २६ जनाको परुीक्षा रद्द गरिएको छ । नन ग्रेडेड विद्यार्थीको संख्या एक लाख ६७ हजार पाँच सय ९७ छ ।

गत चैत ७ गते देखि सञ्चालन भएको परीक्षामा नियमित तर्फ चार लाख २१ हजार पाँच सय ८५ र ग्रेड वृद्धि तर्फ ७५ हजार पाँच सय ३९ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । यस्तै प्राविधिक तर्फ १६ हजार नौ सय ४७ जना सहभागी थिए ।  जम्मा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डसँग तथ्याङ्क छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत