शेयरबजार : उकालाे यात्रा निरन्तर
- गाउँ सहर संवाददाता
- ७ श्रावण बुधबार, २०८२ | १५:४३:०० मा प्रकाशित

काठमाडौ । लगातार बढिरहेको नेप्से बुधबार पनि जारि रहेकाे छ । साथै कारोबार रकममा समेत उत्साह देखिएको छ । केहि दिन यता शेयर बजारमा दैनिक २० अर्ब बराबरको कारोबार हुन थालेको छ । साउन महिना लागेपछिको ३ कारोबार दिन दैनिक २० अर्ब बराबरको कारोबार भएको छ ।
बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर २९७८.८८ विन्दुमा पुगेको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ । मंगलबार २० अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ट्रेड टावरको शेयरमूल्य ५३ रुपैयाँ ५० पैसा बढेर ५८९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ भने सान्भि इनर्जीको शेयरमूल्य ४७ रुपैयाँ ७० पैसा बढेर ५२५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, यस दिन ग्रीन भेन्चर्सको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक ५.३२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७८ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम सिमेन्ट्को ७५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक र बुटवल पावरको कारोबार रकम ६२ करोड नाघेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- के भनिन् पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले कार्की वैक्वेटमा
- भायानेटको स्वतन्त्र संचालकमा बैंकर कुँवर नियुक्त
- प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
- दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
- प्रहरीले अबदेखि आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
- आम्दानीको स्रोत बन्दै ‘अकबरे’
- प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
- नेपालबाट विदेश निर्यातमा रेकर्ड, के भयो अत्यधिक आयात-निर्यात ?
- भण्डारीलाई पार्टीमा फर्कन नदिने एमालेको निर्णय, म रोकिन्नँ : विद्या भण्डारी
- प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रतिकृया दिनुहोस