भायानेटको स्वतन्त्र संचालकमा बैंकर कुँवर नियुक्त
- गाउँ सहर संवाददाता
- ९ श्रावण शुक्रबार, २०८२ | ०८:२२:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सञ्चालक समितिमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ।
बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आवद्ध भएका हुन्।
क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशियामा वरिष्ठ पद सम्हालेका थिए।
क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका छन्।
क्षेत्रीले सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकास लिएका हुन्।
भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढी समयदेखि विभिन्न क्षेत्रमा संचित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकास तर्फ लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- के भनिन् पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले कार्की वैक्वेटमा
- प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
- दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
- प्रहरीले अबदेखि आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
- आम्दानीको स्रोत बन्दै ‘अकबरे’
- प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
- शेयरबजार : उकालाे यात्रा निरन्तर
- नेपालबाट विदेश निर्यातमा रेकर्ड, के भयो अत्यधिक आयात-निर्यात ?
- भण्डारीलाई पार्टीमा फर्कन नदिने एमालेको निर्णय, म रोकिन्नँ : विद्या भण्डारी
- प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रतिकृया दिनुहोस