दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
- गाउँ सहर संवाददाता
- ११ असोज शनिबार, २०८२ | ११:०३:०० मा प्रकाशित
काठमाडाैँ । फूलपातीपछिका दिन दशैँको टीका र त्यसपछि पनि लगातार पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम विभागले सोमबार (फूलपाती) देखि नै देशको मौसम प्रणालीमा बदली हुने र मनसुन बढी सक्रिय हुने जनाएको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर भएर स्थानीय वायुको प्रभाव बढेको छ । जसले मनसुन निस्क्रिय भएको छैन । आज (शनिबार) खुला देखिएको आकाश फूलपातीसम्म यथावत रहने भएपनि फूलपातीकै दिन अबेरदेखि मनसुन सक्रिय रहनेछ । जसले यो वर्षको दशैँलाई हिले बनाउने प्राय: निश्चित जस्तै छ । मनसुनको सक्रियता दशैँभर नै रहने मौसमविदले बताएका छन् ।
मौसम प्रणालीलाई हेर्दा यो वर्षको दशैँमा फूलपातीदेखि देशका अधिकांश ठाउँमा पानी पर्छ । ठूलो पानी पर्ने सम्भावना कम रहे पनि लगातार सिमसिम पानी परिरहने छ ।
देशको पूर्वी भागमा मनसुन बढी सक्रिय हुने र मध्यमागमा स्थानीय वायुको प्रभाव बढ्ने विभागकाे ठम्याइ छ । उसका अनुसार- दशैँको अवधिमा धेरै स्थानमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । यो विशेषत: पूर्व हुँदै पश्चिमतिर सक्रिय हुने देखिन्छ । यो पटक स्थानीय वायुको प्रभाव र मनसुनी वायु मिसिँदा धेरै वर्षा हुने सम्भावना देखिएको हो । पूर्वमा मनसुन बढी सक्रिय हुने, मध्य नेपालमा स्थानीय वायुको प्रभाव बढी हुने देखिन्छ ।
स्थानीय वायुसँगै नेपाल भित्रिएको बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि बढी देखिएकाले फूलपातीदेखि पानी पर्ने देखिएको विभागले बतायाे । अक्टोबर दुईदेखि सात (असोज १६ देखि २१) सम्म पानी पार्ने प्रणाली सक्रिय हुने देखिएकाले दशैँ हिले हुने निश्चित जस्तै भएको विभागले बताएकाे छ ।
विभागका अनुसार असोज १४ पछि झरीको सम्भावना बढेर गएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस