तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
- गाउँ सहर संवाददाता
- २० कार्तिक शुक्रबार, २०८३ | ०७:११:०० मा प्रकाशित
काठमाडौं । नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ ।
मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ । आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।
मिथिला क्षेत्रमा दिन, नक्षत्र, तिथिको निर्क्योल, चाडबाड, तिथिश्राद्ध र शुभकार्य मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिने प्रचलन छ ।
मिथिला क्षेत्रमा बोलीचालीमा दिवाली भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने मैथिल परम्परा छ । घरघरमा दीपमालिका गरेर पर्व प्रारम्भ गरिन्छ । धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन छ ।
आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै पण्डित झाले स्पष्ट पार्नुभयो । त्रयोदशीकै दिन गरिने काग पूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।
दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाइएर सम्पन्न गरिने छ । पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
- सरकारसँग के सहमतिमा ताेडे डा. केसीले अनसन ?
- तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै
- प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा क्यान्सर सचेतना कार्यक्रम
- जनताको अपेक्षाअनुसार राजनीतिक चरित्र देखाउन रास्वपा नेता–कार्यकर्तालाई रविको निर्देशन
- भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
प्रतिकृया दिनुहोस