सरकारसँग के सहमतिमा ताेडे डा. केसीले अनसन ?
- गाउँ सहर संवाददाता
- २१ कार्तिक शनिबार, २०८३ | ०७:११:०० मा प्रकाशित
काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो २५ औँ सत्याग्रह अन्त्य गरेका छन् ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडाएका हुन् ।
डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए। उनले भने, 'यो डा. केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।'
डा. गोविन्द केसी र सरकारबिच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।
सहमतिमा चिकित्सा शिक्षा आयोगको मिति २०८३ असोज ३० गतेको निर्णय बमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको अनुमति प्रदान तथा सिट संख्या निर्धारण गर्ने; आर्मी मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान)लाई एमबीबीएसमा सिट संख्या थप गरिएको निर्णय मापदण्ड बमोजिम भए/नभएको निक्र्योल गर्न प्रा. डा. रमेश प्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने । उक्त समितिले सरकारलाई प्रतिवेदन पेस गर्ने तथा सरकारले उक्त प्रतिवेदनको सिफारिस लागु गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ गर्ने उल्लेख छ ।
यस्तो छ सहमति ः

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दीपशिखा महिला कृषि सहकारीमा कल्पना गुरुङ
- आज लक्ष्मी पूजा र कुकुर तिहार पनि
- सर्वोच्च अदालतका चार न्यायाधीशको नाम अनुमोदन
- एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
- तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै
- प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा क्यान्सर सचेतना कार्यक्रम
- जनताको अपेक्षाअनुसार राजनीतिक चरित्र देखाउन रास्वपा नेता–कार्यकर्तालाई रविको निर्देशन
- भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा
- तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
प्रतिकृया दिनुहोस