प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा क्यान्सर सचेतना कार्यक्रम
- गाउँ सहर संवाददाता
- २० कार्तिक शुक्रबार, २०८३ | २०:०५:०० मा प्रकाशित
पोखरा । प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्यान्सर रोगको जोखिम न्यूनीकरण, समयमै पहिचान र उपचारलाई प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिसँगै स्वास्थ्य सेवामा सार्वजनिक–निजी साझेदारी आवश्यक रहेकोमा जोड दिइएको छ ।
पोखरा महानगरपालिका–३०, शिशुवास्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, ललितपुरको आयोजनामा सम्पन्न क्यान्सर सचेतना कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सरकारी र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताएका हुन् ।चिकित्सकहरुले समयमै पहिचान र उपचारबाट क्यान्सर नियन्त्रण गर्न सकिने बताए ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले क्यान्सर विश्वकै गम्भीर स्वास्थ्य चुनौती बन्दै गएको उल्लेख गर्दै समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउन सके जोखिम न्यूनीकरण गर्न सकिने बताए ।
रोग लागेपछि मात्र उपचार खोज्ने प्रवृत्तिको अन्त्य गर्दै रोग लाग्नै नदिन सचेतना फैलाउनु आजको आवश्यकता भएको उनको भनाइ थियो । विशेषगरी ग्रामीण तथा स्थानीय तहका नागरिकलाई क्यान्सरका प्रारम्भिक लक्षण, परीक्षण र उपचारबारे जानकारी दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनले बताए ।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सरका जोखिम, कारण, प्रारम्भिक लक्षण र उपचारका विषयमा जानकारी दिँदै समयमै परीक्षण तथा र चुनौतिका वारेमा वताए । उपचार गर्न सके क्यान्सर निको हुन सक्ने बताए । उनले नेपालमै क्यान्सरको प्रभावकारी उपचार सम्भव रहेको उल्लेख गर्दै उनले प्रारम्भिक पहिचान र उपचारमा जोड दिए ।
उनले क्यान्सरका विभिन्न प्रकार, जोखिम न्यूनीकरणका उपाय, स्थानीय स्वास्थ्य संस्थाको भूमिका तथा यस क्षेत्रमा स्थानीय सरकारको जिम्मेवारीबारे चर्चा गर्दै स्वास्थ्यसम्बन्धी नीति र कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । नेपाली बिरामीको उपचार नेपालमै भन्ने नारालाई सार्थक बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।
सोही अवसरमा वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. कपेन्द्रशेखर अमात्यले स्तन क्यान्सरसम्बन्धी जानकारी दिँदै स्वास्थ्य सेवामा पहुँच विस्तार, गुणस्तर सुधार र प्रभावकारी व्यवस्थापनका लागि सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. धर्मदेव ढकाल तथा व्यवस्थापन समिति सदस्य भरत तिवारीलगायतले स्वास्थ्य सेवाको विकास र विस्तारमा सहकार्यको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा सार्वजनिक–निजी साझेदारी -पीपीपी) अवधारणाबारे चर्चा गर्दै स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा विस्तार र व्यवस्थापनमा सरकारी लगानीसँगै निजी क्षेत्रको सीप, प्रविधि, अनुभव र स्रोतसाधनको उपयोग गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिए ।
कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकातथा प्रतिनिधि। पोखरा महानगरपालिका–३०का वडाध्यक्ष,लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल,निवर्तमान अध्यक्ष कविराज खनाल लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन अस्पतालकी डाक्टर अम्बिका भुसालले गरेकी थिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
- सरकारसँग के सहमतिमा ताेडे डा. केसीले अनसन ?
- तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै
- जनताको अपेक्षाअनुसार राजनीतिक चरित्र देखाउन रास्वपा नेता–कार्यकर्तालाई रविको निर्देशन
- भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा
- तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै
- विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं गोर्खाजको दोस्रो जित
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
प्रतिकृया दिनुहोस