निजामती सेवा दिवसकाे नारा ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ अवस्था ठिक उल्टाे
- संजीव ढुंगाना
- २२ भदौ शुक्रबार, २०७५ | १३:००:०० मा प्रकाशित

राज्य चलाउने प्रशासनमा सरकारी नियूक्तीका कर्मचारीहरूको दिवस, आज १५ औँ निजामती कर्मचारी दिवस । प्रतेक वर्ष नेपालमा भाद्र २२ मा निजामती सेवा दिवस मनाइन्छ ।
‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ नारा रहेकाे निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना ब्यक्त गरेका छन् ।
प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । सामान्य प्रशासन मन्त्रालयले यस दिन उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने , कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु गर्दछ ।
निजामती सेवाको अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरीकलाई अधिकार प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका हुन्छ।
जर्मनका प्रसिद्ध समाजशास्त्री म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रकारुपमा ब्याख्या गरेका छन् । उनका अनुसार राज्यलाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो ।
कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने कानुनको निर्माण र पालना अनि उल्ङ्घनमा दण्ड सजायको ब्यबस्था गर्ने गरिन्छ ।
राज्यबाट जनताले चुनेर पठाएका प्रतिनिधीहरुकाे जनताप्रतिको अभिारा वहन गर्ने निकाय सरकार हो, सरकाकाे मातहतमानै निजामती सेवा हुन्छ । कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित गर्नेहरुलाई दण्ड सजायको ब्यबस्था हुन्छ।
निजामती सेवा दिवसकाे नारा ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ रहेकाे छ भने अवस्था ठिक नाराकाे उल्टाे छ । संघियता लागु भर्इ पूर्नसंरचनाको अवस्थामा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण हुन्छ , तर स्थानिय निकायमा निजामति कर्मचारीहरु नपुगेकाे अवस्था यथावत छ । जनताले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी हुनु सकेकाे छैन ।
प्रधानमन्त्रीकाे शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गरे ।
‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उनले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गरे।
“जननिर्वाचित संविधानसभाबाट संविधान निर्माण भई तीनवटै तहका निर्वाचन भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना पनि संस्थागत भइसकेको छ”, निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले भने, “त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको र यतिखेर प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया पनि अघि बढिरहेको छ ।”
नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व र पारदर्शी, परिणाममुखी, जवाफदेही, नवप्रवद्र्धनात्मक, सिर्जनशील, प्रविधिमैत्री, सूचना प्रविधिको अधिकतम उपयोग गर्न सक्षम, कार्यकुशल र परिणाममुखी प्रशासन अपरिहार्य रहेकाे बताए ।
वर्तमान संदर्भ
प्रजातान्त्रि अभ्यासले राज्य चलाउन जनताको हात हुने कुरा सुनिश्चिित गरेको भएतापनि नेपालको संदर्भमा सामान्य जनताहरु नै प्रशाशन र राज्यको पहुँचमा छैनन् ।
वर्तमान नेपालको संदर्भमा संघियता लागु भर्इ पूर्नसंरचनाको क्रममा छ । यस अवस्थामा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण हुन्छ , तर स्थानिय निकायमा निजामति कर्मचारीहरु नपुगेकाे अवस्था यथावत नै छ ।
राज्यले पनि कर्मचारीलाई जिवन चलाउन सक्ने अवस्था सृजना गर्न सकेको छैन । जसले उनिहरुलार्इ आफ्नो दायित्व पूरा गर्न गलत वाटो अवलम्बन गर्ने अवस्था सृजना गर्न सक्छ ।
हाल बनेका प्रतिवेदन र योजनाहरु फाइलमा मात्र थन्किनको अयस्था छ । हामीले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी हुनु जरूरी छ । हामीमध्य धेरै भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिरखेका छौँ । निजामति सेवालाई अझ प्रभावकारी वनाउने हाम्रो उत्कट चाहना हुनु पर्छ ।
भ्रष्टाचारविहिन प्रशाशनको परिकल्पना पूर्ण हुनु जरूरी छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- शेयरबजार : २६ सय टेक्याे नेप्से
- बजेट पास गर्न एमालेको ह्विप
- प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू (लाइभ)
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
- यस्ताे छ संघीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची
- पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
- शेयरबजार : नेप्से २६०० अंकबाट पनि ओरालो
प्रतिकृया दिनुहोस