अन्तत: सत्याग्रहीकै पक्षमा सहमति : प्रा. डा. केसीले २७ औं दिनमा अनसन तोड्दा के-के सहमति भए त ?
- गाउँ सहर संवाददाता
- १० श्रावण बिहीबार, २०७५ | २२:५४:०० मा प्रकाशित
काठमाडौं । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । सरकार र डा. केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा ९ बुँदे सहमति भएसँगै २७ दिनदेखिको अनसन तोडिएको हो । सहमतिपत्र अनुसार काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खुल्ने छैनन्।
मेडिकल कलेज खोल्न आशयपत्र पाएकाले पनि कि उपत्यका बाहिर खोल्नुपर्ने वा सरकारलाई बेच्नुपर्ने दुईपक्षबीच सहमति भएको छ। केसीले १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने अडानमा सरकार लचिलो भएपछि सहमति भएको हो । संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न पनि सरकार तयार भएको छ।
लामो समयको अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयीमा भर्ना गरिएको छ । चिकित्शा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र एमालेका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका हुन्। सहमति जुटाउन बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा छलफल चलेको थियो । सोही छलफलबाट वार्ताबाट सहमतिको टुङ्गो लागेको थियो ।
सहमतिमा डा. केसीले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख खगराज बरालले हस्ताक्षर गरेका छन् । सरकार र डा. केसी पक्षबीच नौबुँदे सहमतिमा हस्ताक्षर भएको हो। डा.केसीका २२ वटै मागमा सरकारले सहमति गरेको छ।





गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
प्रतिकृया दिनुहोस