गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः
चरणमा शिर झुकाउनु उत्तम
- गाउँ सहर डेस्क
- ३१ असार मंगलबार, २०७६ | ०४:००:०० मा प्रकाशित

काठमाडौँ । आज गुरु पूर्णिमा, स्रद्धा, भाव र गुरुको पूजा गर्दै मनाइन्छ । त्यसैले त भनिएको होः—
।। गुरू मंत्र ।।
गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरुरेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।
अर्थात, गुरु नै ब्रम्हा हुन, गुरु नै विष्णु हुन र गुरु नै भगवान शंकर हुन् । गुरु नै साक्षात परब्रम्हा हुन् । यस्ता गुरुलाई प्रणाम गर्दछु ।
गुरु अर्थात शिक्षकको महिमा अपार छ । यसलाई कुनै शब्दमा वयान गर्न सकिँदैन । वेद, पुराण, उपनिषद, गीता, कवि, सन्त, मुनि आदि सबै गुरुको अपार महिमाको बर्णन गरिन्छ । शास्त्रमा ‘गु’ को अर्थ अन्धकार या मूल अज्ञान र ‘रु’ को अर्थ त्यसको निरोधक बताइएको छ । जसको अर्थ अन्धकारबाट प्रकाशतर्फ लैजाने, अज्ञानतालाई हटाएर ज्ञानको मार्ग देखाने नै गुरु हुन् । गुरुलाई भगवानभन्दा पनि ठूलो दर्जा दिइएको छ । सन्त कबीरले भनेका छनः—
गुरु र गोविन्दलाई (भगवान) एकसाथ उभिएर प्रणाम गर्नुपर्छ, गुरुलाई यस्तो स्थितिमा चरणमा शिर झुकाउनु उत्तम हुन्छ । जसको कृपाले गोविन्दको दर्शन गर्दा सौभाग्य प्राप्त हुन्छ ।
असार महिनाको पूर्णिमालाई गुरु पूर्णिमा अर्थात व्यास पूर्णिमा पनि भनिन्छ । भनिन्छ यो पूर्णिमामा महर्षि वेद व्यासको जन्म भएको थियो । यही कारण उनको जयन्तीकै कारण नै गुरु पूर्णिमा मनाइन्छ । वेद व्यासमा वेदको ज्ञान थियो, यहि कारण नै उनको नाम वेदव्यास भयो । महाभारत जस्तो श्रेष्ठ ग्रन्थको रचनापनि उनैले गरेका थिए । यो दिन मानिस आफ्ना गुरुहरुको पूजा गर्दछन् । उनलाई आदर सम्मानको साथ कृतज्ञता व्यक्त गर्दछन् । यही भएर गुरुको लागि भनिएको छ कि “गुरु विष्णु हुन, गुरु नै शंकर हुन, गुरु नै साक्षात परब्रम्हा हुन र उनै सद्धगुरुलाई हामी प्रणाम गर्दछौँ ।
३१ गते असार (१६ जुलाइ २०१९)
गुरु पूर्णिमा तिथि प्रारम्भः २ः०३ बजे (३१ गते असार)
गुरु पूर्णिमा तिथि समाप्तः ०३ः२२ बजे (१ गते साउन) सम्म ।
तपाईंले थाहा पाउनैपर्छ कि पुराणको कुल संख्या १८ र ति सबै १८ पुराणका रचयिता महर्षि वेदव्यासलाई मानिन्छ । उनैले वेदलाई विभाजित गरेका हुन् जसको कारण उनको नाम वेदव्यास भयो । वेदव्यासलाई आदिगुरु पनि भनिन्छ । यहिकारण गुरु पूर्णिमालाई व्यास पूर्णिमा पनि भनिएको हो ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस