अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर
- संजीब ढुंगाना
- ३१ जेठ शनिबार, २०७७ | १८:२७:०० मा प्रकाशित

काठमाडाैं । संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा बढी मतले पारित भएको छ । यो नक्सा पारित भएसँगै अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर भएको छ ।
भारतद्धारा अतिक्रमित भू-भागको क्षेत्रफल ३३५ वर्गकिलाेमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।
२०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन । जबकि दुई सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सबै भू-भाग नेपालको हो ।
गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ । यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ । नयाँ नक्सा नबन्दासम्म नेपालको क्षेत्र एक लाख ४७ हजार एक सय ८१ थियो ।
नापी विभागका पूर्वमहानिर्देशक एवं सीमा प्राविधिक सुरेशमान श्रेष्ठका अनुसार नापीले पहिलो प्रकाशन गरेको १ः १०,००,००० मान नापको डिजिटल डाटा र हाल अद्यावधिक गरिएको क्षेत्रसमेत समावेश गरी क्षेत्रफल गणना गर्दा नेपालको क्षेत्रफल करिब एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि देखिन्छ । जुन हालको क्षेत्रफलभन्दा ७ सात सय ६९ वर्गकिमि बढी हुन्छ ।
शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ । प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको दोस्राे संशोधन विधेयक २०७७ पारित गरेको हो । प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
सरकारले यसअघि जेठ ७ गते भारतले हडपेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको थियो। उक्त नयाँ नक्सलाई नेपालको निशान छापममा समावेश गर्न सरकारले संशोधन प्रस्ताव अघि बढाएको थियो ।
सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो । संसदमा उपस्थित २५८ जना सांसदले नै संशोधनको पक्षमा मतदान गरेपछि दुईतिहाइ बहुमतका साथ विधेयक पारित भएको हो ।
बैठकको सुरुमा नै समाजवादी पार्टीकी सांसद सरिता गिरिले बैठक बहिष्कार गरि बाहिरिएकी थिइन् । नेपालको नयाँ नक्साविरुद्ध जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी एकजना मात्रै उभिएकी थिइन् ।
यसअघि भारतले गत नोभेम्वरमा नेपालको ठूलो क्षेत्रफल समेटरे नक्सा जारी गरेको थियो । पछिल्लो पटक भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र नेपालको लिपुलेक जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो । भारतले नेपाली भूमि हुँदै मानसरोवर जान सडक उद्घाटन गरेपछि दुई देशबीच तनाव बढेको थियो । तर भारतले नेपालले जारी गरेको नयाँ नक्सालाई नस्वीकार्ने जनाउँदै वार्ताका लागि भने इच्छुक रहेको उल्लेख गरेको थियो । यही तनावकाबीच नेपालले गरेको वार्ता प्रस्ताव भारतले अस्वीकार गरेपछि नयाँ नक्सा जारी गरेर संविधान संशोधन नै गरिएको हो ।
संविधान संशोधनका पक्षमा सत्ता र विपक्षी पनि एकै ठाउँमा उभिएका छन्। मधेसवादी दलहरु राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी संसदीय दलले नयाँ नक्साको पक्षमा उभिन सांसदहरुलाई ह्विप नै जारी गरेका थिए ।

संजीब ढुंगाना
ढुंगाना गाउँ सहर डटकमका संवाददाता हुन् ।
- पूराना स्थापित केहि नेताहरूलाई संसदकाे ढाेका बन्द
- मतदाताकाे प्रश्न : मंसिर ४ गते भोट किन हाल्ने ?
- के पुस्तान्तरणको पक्षमा मतदान गर्ने अवसर बन्ला त आगामी निर्वाचन ?
- कस्तो खानेकुरा खाने र योजना कसरी बनाउने?
- के दलहरु भन्दा स्वतन्त्र तथा युवा उम्मेदवारप्रति जनताहरुको आशा बढेको हो ?
- चुनावकाे मुखमा कुरा धेरै भयाे... काम गर्ने कि !
- रिक्सा खुट्टाले होइन पेटबाट चल्छ
- साउने संक्रान्ति : ‘लुताे मात्र हाेइन सामाजिक र राजनीतिक विकृति पनि लैजा है’
- के हो चिनीरोग ? जीवनशैलीमा ध्यान दिए सामान्य नत्र खतरनाक !
- नेपालमा हुने १३ औं सागमा खेल्ने खेल र खेलाडीकाे टुङ्गाे, भारत र पाकिस्तानले क्रिकेट नखेल्ने
प्रतिकृया दिनुहोस