के दलहरु भन्दा स्वतन्त्र तथा युवा उम्मेदवारप्रति जनताहरुको आशा बढेको हो ?
- संजीब ढुंगाना
- २२ कार्तिक मंगलबार, २०७९ | १४:३०:०० मा प्रकाशित

हालका दलहरुसँग विकास तथा समृद्धि एजेन्डाहरू छन् तर कार्यान्वयन पक्ष छैन । यो नेपालको राजनीतिक प्रणालीका लागि दुर्भाग्यको कुरो हो किनभने यहाँ सबै व्यवस्थालाई सवल बनाउने सोच कसैमा पनि छैन । जसका कारण युवाहरु राजनीतिमा आएका छन्, स्वतन्त्र उम्मेदवारी बढेको छ । पार्टीहरुमा आपसी विश्वास नभएका कारण तथा लोभलालच अनि सत्तामाेहका कारण पनि यस्तो अवस्था आएको हो ।
कार्यान्वयन नगर्ने भएपछि मंसिर ४ मा हुने निर्वाचनका लागि दलसँग विकास तथा समृद्धिका एजेन्डाहरू छैनन् भन्दा पनि फरक पर्दैन । पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार र युवाप्रति मानिसहरुको आशा बढेको छ ।
विगतमा एमाले र माओवादीको गठबन्धनले नेकपा बनाए पनि आन्तरिक द्वन्द्व र शक्तिसंघर्षमै धेरै समय व्यतीत भयो । स्थायित्व र सुशासनका पक्षमा मतदान गरेका जनतालाई पूरै निराश तुल्याउने काम गरे । अदालतले नेकपालाई वैधता नदिएपछि माओवादी र एमाले पुनः छुट्टाछुट्टै दलको हैसियतमा फर्किए । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बन्न पुग्यो भने माओवादीका केही नेताहरू एमालेमै समाहित भए ।
एमाले र माओवादी कमजोर भएपछि कांग्रेसले सत्ताको नेतृत्व गरिदिनुपर्ने अवस्था उत्पन्न भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन माओवादी नेता प्रचण्ड र एकीकृत समाजवादी नेता माधव नेपालले बारम्बार आग्रह गर्नुपर्यो । कांग्रेसले माओवादी केन्द्र लगायतका अन्य साना राजनीतिक दलहरूसँग गठबन्दन गरी एमालेलाई एक्ल्याउने र बहुमतसहितको ठूलो दल बन्ने बाटोमा छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पाँचदलीय सत्तारूढ गठबन्धनले राम्रै सफलता प्राप्त गरेकाले वैचारिक र सैद्धान्तिक भिन्नताका बावजुद गठबन्धन अघि बढाउन सत्तारूढ दलहरू तयार भएका हुन् । जनता सचेत हुन समय अवस्य नै समय लाग्छ । हाल नेपालमा दलहरु जेष्ठ नागरिकको नेतृत्वमा छ र देसको नेतृत्व पनि तिनैको हातमा छ । अबको समय हो पुस्तान्तरणको । निर्बाचन एउटा अवसर पनि युवालाई छानेर पुस्तान्तरणको पक्क्षमा मतदान गर्ने ।
नेपालमा दलहरुमा सिद्धान्त नभएको अवस्था छ । नामका प्रजातन्त्रिक तथा नामका कम्युनिस्ट भएका कारण यो अवस्था आयो । कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए प्रजातन्त्रिक भनिने नेताहरुहरु अलोकतान्त्रिक चरित्रका भएका कारण यो अवस्था आएको हो । यहाँ न एमाले, माओवादीले कम्युनिस्टको चरित्र देखाएको छ, न त कांग्रेसले लोकतन्त्रको चरित्र देखायो । यहाँ कसैमा राजनीतिक सोच तथा संस्कार छैन ।
राजनीति दलप्रति मानिसहरुको घृणा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा युवा उम्मेदवारप्रति मानिसहरुको आशा बढेको छ । बालेन शाह र हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारको काम गराई हेर्ने हो भने नेपालको राजनीतिमा पुस्तान्तरण को आवश्यकता देखिन्छ र निर्बाचनले नै पुस्तान्तरण को बाटो खोल्छ ।
नेतृत्वहरुकै कारण देशमा संकट आएको, बिदेशी चलखेल बढेको देश पिछडिएको हो । दलहरु पुस्तान्तरणको बाटोमा हिडेको भए जनताको आशा अलिकति पनि रहन्थ्यो होला जे भएपनि आगामी चुनाबको नतिजा जे आए पनि अब आउने नेतृत्वले जनता खुसी छैनन् भन्ने चाहीँ बुझ्नुपर्छ ।

संजीब ढुंगाना
ढुंगाना गाउँ सहर डटकमका संवाददाता हुन् ।
- पूराना स्थापित केहि नेताहरूलाई संसदकाे ढाेका बन्द
- मतदाताकाे प्रश्न : मंसिर ४ गते भोट किन हाल्ने ?
- के पुस्तान्तरणको पक्षमा मतदान गर्ने अवसर बन्ला त आगामी निर्वाचन ?
- कस्तो खानेकुरा खाने र योजना कसरी बनाउने?
- चुनावकाे मुखमा कुरा धेरै भयाे... काम गर्ने कि !
- रिक्सा खुट्टाले होइन पेटबाट चल्छ
- साउने संक्रान्ति : ‘लुताे मात्र हाेइन सामाजिक र राजनीतिक विकृति पनि लैजा है’
- अब नेपालको क्षेत्रफल १४७,५१६ वर्ग किलोमिटर
- के हो चिनीरोग ? जीवनशैलीमा ध्यान दिए सामान्य नत्र खतरनाक !
- नेपालमा हुने १३ औं सागमा खेल्ने खेल र खेलाडीकाे टुङ्गाे, भारत र पाकिस्तानले क्रिकेट नखेल्ने
प्रतिकृया दिनुहोस