शिक्षा

त्रिविका आंशिक प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा

फाइल : तस्बिर

काठमाडौं । त्रिविका आंशिक प्राध्यापकहरु आजबाट त्रिवि परिसरमा धर्नामा बसेका छन् । 

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । 

वर्षौंदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको बौद्धिक शोषण भएको भन्दै आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापक संघका संरक्षक शशिकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भए पनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

संघका प्रवक्ता मोहन घिमिरेले देशभरका क्याम्पसका प्राध्यापकहरुसँग सम्झौता भए पनि कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएकाले धर्नामा बस्नुपरेको बताए । 

अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भए पनि कामअनुसारको पारिश्रमिक नभएको उनले बताए । 

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्नेलगायत मागहरु पनि राखेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत