ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
- गाउँ सहर डेस्क
- १९ माघ सोमबार, २०७७ | १३:५२:०० मा प्रकाशित

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर २ कोइरालेमा दुई वटा ट्रक एक—आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मुग्लिङबाट काठमाडौँ जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रकका सहचालक सङ्खुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नम्बर ९ का किरण प्रताप गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा नम्बर ४ बस्ने कमल शाह गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी राती नै उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
प्रतिकृया दिनुहोस