जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !
- गाउँ सहर संवाददाता
- २६ जेठ सोमबार, २०८२ | २१:०२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले सोमबार आयोजना गरेको ‘नगरप्रमुखसँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम’मा नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलले नगरबासीको सुविधाका लागि उक्त रकम उपलब्ध गराउन लागेको जानकारी दिए ।
उनले ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत नगरपालिकाले भर्खरै जन्मेको बच्चालाई रु पाँच हजार उपलब्ध गराउने र उक्त रकम १६ वर्ष पुगेपछि साँवा ब्याजसहित प्राप्त हुने व्यवस्था मिलाइएको बताए । त्यसैगरी मृत्युपछि काजक्रिया र अन्तिम संस्कारका लागि रु १० हजार उपलब्ध गराउने जनाएको छ ।
नगरप्रमुख महर्जनले ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने मासिक रु दुई हजार दिने व्यवस्था गरिएको जानकारी दिए । उनले आफूसहित सिङ्गो कार्यपालिका निर्वाचित भएको तीन वर्षमा तारकेश्वरभित्रका सबै घरमा धारा पुर्याउने काम गरिरहेको बताए ।
नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि प्रत्येक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिताको थालनी, आँखाका बिरामीका लागि तिलगङ्गा आँखा केन्द्र स्थापना, डायलासिस सेवाको शुभारम्भ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, नगरभित्रका सडक कालोपत्रेलगायत गर्दै आएको छ ।
नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीले नगरभित्र रोजगारी सिर्जना गर्न नगरपालिकाले विभिन्न किसिमका तालिम प्रदान गर्दै आएको जानकारी दिए । उनले आफूहरू निर्वाचित भइसकेपछि नगरपालिकाको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस