उतारचढावबीच बुधबार पनि सेयर बजार उकालाे, कारोबार रकममा थप सुधार
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | १५:३९:०० मा प्रकाशित
काठमाडौं । नेप्से सूचक बुधबार पनि दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबारमा उतारचढावबीच पनि नेप्से परिसूचक १८ अंकले बृद्धि भइ बन्द भएको छ । यससँगै नेप्से परिसूचक २७६९.१३ अंकमा पुगेको छ ।
गत आइतबारदेखि बढेको बजार बुधबारसम्म आइपुग्दा निरन्तर उकालो लागेको छ ।
बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिद बिक्री भएको छ । मंगलबार ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको थियाे ।
यो दिन १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत् र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङबाहेकमा उपसूचक हरियो भएका छन् ।
यस दिन बेष्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.६८ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ ।
नविल बैंकको सबैभन्दा धेरै ४३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस