बस दुर्घटना हुँदा ३५ जना घाइते
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १२:०९:०० मा प्रकाशित
काठमाडाै. । बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । बर्दियाको बाँसगढी नगरपालिका ३ मा बस दुर्घटना भएको हाे । दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएकाे छ ।
कालीकोटको त्रिवेणी गाउँपालिका ६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । अन्य सामान्य घाइतेको स्थानीय कौशिल्या अस्पतालमा उपचार भईरहेको प्रहरीले भनाइ छ ।
बिहिबार बिहान बस दुर्घटना भएको हो ।
कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।
बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस