बर्ड फ्लू बारे यसरी सचेत होऔँ
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १६:१६:०० मा प्रकाशित
काठमाडाैँ । बर्ड फ्लू भनेको पंक्षीहरुमा देखिने एक प्रकारको रोग हो । यो रोगको जीवाणु इन्फ्लुएन्जा भाइरस हो ।
पंक्षीमा बर्ड फ्लू लगाउने जीवाणु इन्फ्लुएन्जा भाइरस एएचफाइबएनवान, एएचसेभेनएननाइन र एएचनाइनएनटू ले मानव स्वास्थ्यमा पनि असर पुर्याउँछ । भाइरस व्यक्ति-व्यक्ति बीचमा सर्दैन तर संक्रमित पंक्षीद्वारा भने व्यक्तिमा सर्न सक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका लक्षणहरुमा ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु, थकित महसुस हुनु, घाँटी, पेट र मांसपेशी दुख्नु, खोकी लाग्नु, बान्ता हुनु, पखाला लाग्नु र निमोनिया हुनु हो ।
यसको लागि पंक्षीहरु पालिएको खोर सधैँ सफा राख्ने र समयसमयमा निःसंक्रमण गर्ने, खोरहरु सफा गर्दा आफ्नो व्यक्तिगत सुरक्षा गर्ने, साबुन पानीले मिचिमिची हात धुने, संक्रमण भएको खण्डमा चिकित्सक वा स्वास्थ्यकर्मीको सम्पर्क गर्ने, संक्रमित व्यक्तिले हाच्छिउँ गर्दा कुहिना, रुमाल वा टिस्यू पेपरको प्रयोग गर्ने र उचित व्यवस्थापन गर्ने, संक्रमित व्यक्ति आइसोलेशनमा बस्ने र जथाभाबी र जतिबेला पनि आफ्नो आँखा, नाक र मुख नछुने गर्नु पर्दछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस