एमसीसीकाे विषयमा गठबन्धनमा सहमति जुटेन, भाेली बिहान पुन: बैठक बस्ने
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १९:५६:०० मा प्रकाशित
काठमाडौं । सत्तारूढ गठबन्धनको शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।
एमसीसीबारे छलफल गर्ने भनिएको बैठकमा के भयो भन्नेबारे खुलाइएको छैन ।
गठबन्धनका शीर्ष नेताहरू बैठक भोलि बिहान ९ बजे फेरि बोलाइएको प्रचण्डको सचिवालय सदस्य रमेश मल्ले जानकारी दिए ।
नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै भाेलि बिहानकाे लागि बैठक तय भएको हाे ।
शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस