गाउँ सहर
सुनको गहना र नगदसहित युवक पक्राउ
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १३:२४:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई सोमबार पक्राउ गरेको जानकारी दिएकाे छ ।
काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका थिए ।
प्रहरीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का तथा रु २८ हजार नगद बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका पाख्रिनसँग मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस