१७ हजार २०० बढी स्थायी शिक्षक नियुक्तिका लागि मंगलबारदेखि देशभर परीक्षा सुरु
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १४:००:०० मा प्रकाशित
काठमाडाैं । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो ।
मंगलबार माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । पहिलो चरणको लिखित परीक्षामा पास भएका उम्मेदवारलाई दोस्रो चरणमा विषयगत परीक्षामा सहभागी हुने मौका मिल्नेछ ।
चैत १७ मा निम्न माध्यमिक तहको र १९ गते प्राथमिक तह र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने आयोगले जानकारी दिएकाे छ ।
आयोगले प्राथमिक तहतर्फ १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो । निमावितर्फ दुई हजार ५९८ र मावितर्फ एक हजार ५४७ स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गरेको थियो ।
तीनै तहमा १७ हजार २३८ स्थायी शिक्षकका लागि आयोगले गत मंसिर र पुसमा विज्ञापन खोलेको थियो । पहिलो चरणको परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेका उम्मेदवार पास हुनेछन् । उनीहरूले दोस्रो चरणको वस्तुगततर्फको परीक्षामा सहभागी हुने मौका पाउनेछन् । आयोगले झन्डै पाँच वर्षपछि स्थायी शिक्षकका लागि विज्ञापन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस