गाउँ सहर

श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एक जनालाइ पक्राउ गरेकाे छ । बिराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँ सहित भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नरेश कुमारलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको जानकारी दिएकाे छ ।

उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत