गाउँ सहर
स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह
- गाउँ सहर संवाददाता
- १० बैशाख शनिबार, २०७९ | १६:५२:०० मा प्रकाशित
काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।
शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराएका हुन् ।
उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस