निर्वाचन आयोगद्वारा आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | २०:३०:०० मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार नगर्न बताएकाे हाे ।
चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुने आयोगले बताएकाे छ ।
मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
निर्वाचन आचारसंहिता अनुसार ३ फिट लम्बाइ र ३ फिट चौडाइको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, बोक्न र श्रव्य दृश्य सामग्री बजाउन नपाउने आयोगले जनाएको छ ।
आचार संहितामा उल्लेख भए भन्दा फरक ढंगले झण्डा वा चुनाव चिह्न प्रयोग गरेमा कारबाही गरिने आयोगले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस