चुनावमा एमालेसँग एक्लाएक्लै लड्न नसक्नेले देश बनाउन सक्दैन - एमाले अध्यक्ष केपी शर्मा ओली
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | २०:४९:०० मा प्रकाशित
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् ।
विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् तर वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुने बताए । उनले भने, "मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।"
चुनावमा एमालेसँग एक्लाएक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरे । आफ्नो पार्टीबाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए । गठबन्धनतर्फ सङ्केत गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।
गठबन्धन तोड्ने आफूले नै नचाहेको उल्लेख गर्दै ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिनसक्ने दाबी गरे । हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाइ छ ।
ओलीले भरतपुरमा रेनु दाहालले नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको टिप्पणीसमेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस