राजनीति

पछिल्लाे अपडेटः नेपाली कांग्रेस १२८, एमाले ७८, माके ६१, अन्य ८, एस ४ र जसपा ३ स्थानमा विजयी

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १२८ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १७७ स्थानमा अग्रता लिएकाे छ ।

एमालेले ७८ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ११५ स्थानमा अग्रता लिएकाे छ ।

माओवादी केन्द्रले ६१ स्थानमा जितेकाे र ५४ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ४ स्थानमा जितेकाे र १७ स्थानमा अग्रता लिइरहेकाे छ ।

यसरी नै अन्य दलले ८ स्थानमा विजय हासील गरेकाे छ भने २३ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ३ स्थानमा जितेकाे छ भने ३० स्थानमा र लाेसपाले १० स्थानमा अग्रता लिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १२३ ठाउँमा जीत र १५५ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ८१ ठाउँमा जीत र १३९ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ५८ स्थानमा जीत र ७२ स्थानमा अग्रता लिइरहेकाे छ ।

अन्यले ५ जीत र १४ अग्रता लिएका छन् । एकीकृत समाजवादीले ९ स्थानमा जीत र ११३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३ स्थानमा जीत र २६ स्थानमा अग्रतामा छ । उता लाेसपाले ९ स्थानमा अग्रता मात्रै लिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत