गाउँ सहर

३४८ अध्यक्ष र १२६ प्रमुख निर्वाचित, अधिकांश स्थानमा पहिलाे बन्याे कांग्रेस (पूर्ण सदस्यसहित)

काठमाडौँ । बैशाख ३० मा भएको स्थानीय निर्वाचनको अधिकांशत स्थानको नेतृत्वमा नेपाली कांग्रेस देखिएको छ ।

अहिलेसम्म १२६ स्थानको परिणाम आइसकेको छ जसमा नेपाली कांग्रेसले ६६ प्रमुख जितेको छ । यस्तै अध्यक्षमा ३४८ स्थानको परिणाममा १४६ कांग्रेसको पोल्टोमा परेको छ ।

एमालेले प्रमुखमा ३६ जमाएको छ भने ९७ अध्यक्ष जितेको छ । यस्तै माओवादी केन्द्रले १४ प्रमुख र ८० अध्यक्ष प्राप्त गरेको छ । एकीकृत समाजवादीले ३ प्रमुख जितेको छ । अन्यले ७ प्रमुख जितेका छन् भने १५ अध्यक्ष जितेका छन् । जनता समाजवादी पार्टीले १० अध्यक्ष हाता पारेको छ ।

उपप्रमुख कांग्रेसले ५६ र उपाध्यक्ष १५० हाता पारेको छ । एमालेले क्रमशः ४२ र ९६, माकेले २० र ८१ जितेको छ । एसले ५, अन्यले ३ र १३ प्राप्त गरेको छ भने जसपाले ९ उपाध्यक्ष पाएको छ ।

वडाको सन्दर्भमा २ हजार ६१ कांग्रेस, महिला सदस्य २ हजार २५ जितेको छ । एमालेले क्रमशः १ हजार ५९७ र १ हजार ७३२ जितेको छ । माकेले ८६६ र ८०७, जसपाले १६५ र १६७, अन्यले ४३३ र ३८६ सदस्य पाएको छ ।

दलित महिला सदस्यमा कांग्रेसले १ हजार ९६६ र सदस्य ४ हजार ६८ जितेको छ । एमालेले क्रमशः १ हजार ७१० र ३ हजार ५०९, माकेले ८१२ र १ हजार ४९८, जसपाले १६७ र ३३५ र अन्य दलका ३७६ र ७९८ सदस्य निर्वाचित भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत