राजनीति

नम्बर वानमा कांग्रेस, एमाले ८२ ले पछाडि, माओवादी केन्द्र उसलाई पछ्याउँदै

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २२७ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ८९ स्थानमा अग्रता लिएकाे छ ।

एमालेले १४५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ५४ स्थानमा अग्रता लिएकाे छ ।

माओवादी केन्द्रले ९८ स्थानमा जितेकाे र २२ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ९ स्थानमा जितेकाे र ११ स्थानमा अग्रता लिइरहेकाे छ ।

यसरी नै अन्य दलले १६ स्थानमा विजय हासिल गरेकाे छ भने १४ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १० स्थानमा जितेकाे छ भने २४ स्थानमा र लाेसपाले १ स्थानमा जीत र ९ स्थानमा अग्रता लिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९३ ठाउँमा जीत र ८१ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १५२ ठाउँमा जीत र ८५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १०५ स्थानमा जीत र १९ स्थानमा अग्रता लिइरहेकाे छ ।

अन्यले ७ जीत र ९ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १६ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ११ स्थानमा जीत र १६ स्थानमा अग्रतामा छ । उता लाेसपाले १ स्थानमा जीत र १० स्थानमा अग्रता लिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत