राजनीति

काठमाडाैँकाे ताजा परिणामः मुख्य प्रतिद्वन्दीभन्दा १५ हजार ४३५ मतले अगाडि वालेन्द्र

काठमाडाैँ । चर्चित महानगर काठमाडाैँ महानगरमा स्वतन्त्रका उम्मेदवार वालेन्द्र शाहले सुरूदेखि अहिलेसम्म लिड गरेका छन् ।

उनले अहिलेसम्म ३३ हजार ६२४ मत ल्याएका छन् भने मुख्य प्रतिद्वन्दीहरू क्रमश एमालेका केशव स्थापितले १८ हजार १८९ र कांग्रेसकी सिर्जना श्रेष्ठले १८ हजार ५४ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगाेलकाे पनि एकछत्र जस्तै छ । उनले २६ हजार ५७५ मत ल्याउँदा एसका रामेश्वर श्रेष्ठले ८ हजार ५११ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत