काठमाडौँ महानगरः वालेन्द्र र सुनिता औपचारिक जित नजिक
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | ०९:४४:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरमा मत परिणामको अन्तिम परिणाम आउने क्रममा छ । वर्तमान परिणामअनुसार स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाह (वालेन) ले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना श्रेष्ठले ३४ हजार ६०८ मत ल्याएकी छन् । उता एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।
काठमाडौँ महानगरपालिका काठमाडौँ जिल्लामा पर्दछ । यस महानगरपालिकामा कूल जनसंख्या ८,४५,७६७ रहेको छ भने कुल मतदाता संख्या ३,००,२४२ रहेको छ । जसमा १,४४,३६३ पुरुष र १,५५,८७८ महिला रहेका छन् । यस महानगरपालिकामा ३२ वडा छन् ।
करिब ५२% अर्थात १ लाख ९१ हजार १८६ मत खसेको काठमाडौँमा करिब १ लाख ३५ हजार मत गनिसकिएको अवस्था छ । यसमा बदर मत उल्लेख छैन । यो हिसावले हेर्ने हो भने वालेन्द शाहको जित निश्चित देखिएको छ ।
उता उपमेयरमा एमालेकी सुनिता डंगाेलकाे जित निश्चित देखिएकाे छ । उनले ५१ हजार २०७ मत ल्याउँदा प्रतिद्वन्दी एसका रामेश्वर श्रेष्ठले १७ हजार ३४८ मत ल्याएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस