टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरमा दुई जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | ०९:०८:०० मा प्रकाशित
काठमाडाैं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा पर्ने आदर्श चोकमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले गए राति करिब २ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा गए राति करिब ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
प्रतिकृया दिनुहोस