अर्थतन्त्र

नेप्सेकाे राताे यात्रा निरन्तर, ४६.०८ अंकले घट्याे, लगानीकर्ता थप चिन्तामा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार उच्च अंकले घटेको छ । आज नेप्से ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको हो ।

आज शेयर बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४३.९० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३१८.८० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रोमेटर शेयरको भएको छ । यसको आज ३० करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत