प्रेस युनियनकाे निर्वाचन, ११ बजेदेखि ४ बजे सम्म भाेट हाल्न पाइने
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | ०८:४६:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदैछ ।
अध्यक्षका लागि संस्थापन पक्षको तर्फबाट अनिता विन्दु र इतर पक्षबाट शिव लम्सालबीच प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
बागमती प्रदेशको राजधानी हेटौँडामा जारी महाधिवेशनमा बिहान ११ बजेदेखि मतदान सुरू हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ ।
झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि १ हजार ६ सय ३० प्रतिनिधि हेटौँडा पुगेका छन् ।
नवौं महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस