वातावरण

मंगलबारकाे माैसम तपाईंलाई थाहा छ छैन ?

काठमाडाैँ । आज २०८० आषाढ ०५ गते (मंगलबार), जल तथा माैसम विभागका अनुसार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ ।

कोशी प्रदेशको केही स्थानहरुमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरुमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत