खेल
एसियाली खेलकुदको महिला भलिबलमा नेपालकाे जीत
- गाउँ सहर संवाददाता
- २० असोज शनिबार, २०८० | १२:०५:०० मा प्रकाशित
काठमाडाैं । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ ।
आज बिहान भएको खेलमा नेपालले मङ्गाेलियालाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, र २५–२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुग्यो ।
निर्णायक तथा पाँचौँ सेट नेपालले १५–१२ ले जित्यो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग हारेको नेपाल नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाली खेलकुदको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस