इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई ल्याइयो नेपाल
- गाउँ सहर संवाददाता
- १० पौष मंगलबार, २०८० | ०८:२९:०० मा प्रकाशित

काठमाडौं । ठगी तथा संठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको रु नौ लाख अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटीएम कार्डबाट निकालेर प्रयोग गरेका थिए ।
अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
यसअघि गत साता इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चारजनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
- नेदरल्याण्ड्समाथि नेपालकाे दाेस्राे जित
- एनटिसीकाे प्रवक्तामा मानन्धर नियुक्त
- कास्कीका गणित शिक्षकहरूलाई प्रशिक्षण
- १० महिनामा साढे १३ खर्ब रेमिट्यान्स भित्रियो
- विश्वकप लिग–२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने
- जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार !
प्रतिकृया दिनुहोस