कास्कीका गणित शिक्षकहरूलाई प्रशिक्षण
- गाउँ सहर संवाददाता
- २७ जेठ मंगलबार, २०८२ | १६:४२:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नंं –२९ वडा कार्यालयको सहयोग तथा जनप्रकाश मा वि काे व्यवस्थापनमा आजदेखि गणित शिक्षकहरूको चारदिने विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रम २०८२ सालको जेठ २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको संयोजन जनप्रकाश मा वि का शिक्षक कृष्णप्रसाद पौडलले गरेका छन् भने वडा कार्यालयपाेखरा २७, कास्कीको विशेष सहयोग रहेको छ ।
वडा नं २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शिक्षकहरूको पेशागत सीप अभिवृद्धि तथा शिक्षण गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा जनप्रकाशका प्रधानाध्यापक शेखरनाथ शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै उद्देश्य माथि प्रकाश पारेका थिए ।
प्रशिक्षणका लागि काठमाडौँबाट आएका विश्वविद्यालय प्राध्यापक तथा गणित विषयका लेखक दयाराम सिंखडा प्रमुख प्रशिक्षकका रूपमा रहेका छन् । उनले गणित शिक्षणका आधुनिक र प्रभावकारी विधिहरूका विषयमा सहभागी शिक्षकहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रमको सञ्चालन जनप्रकाश माविका गणित शिक्षक सोविम बरालले गरेका छन् ।
उक्त कार्यक्रममा एक सय जना भन्दा बढी गणित शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
- २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
- बागमती कांग्रेसमा संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
प्रतिकृया दिनुहोस