इपिएसको विषयमा प्रदर्शन : बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १३ पौष शुक्रबार, २०८० | १५:०६:०० मा प्रकाशित

काठमाडाैं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो ।
गोली लागेर जुम्लाका सुजन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।
युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको उनले बताए । केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताए । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको छ ।
आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ । पानी जहाज बनाउने काम अर्थात ‘सिप बिल्डिङ’का लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने निर्णयविरुद्ध युवाले आन्दोलन गरेका प्रहरीले जनाएको छ ।
इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।तस्बिर साभार -उमेश श्रेष्ठ

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापानमाथि नेपालकाे ९ विकेटको सहज जित
- स्थानीय तहको बजेट आज सार्वजनिक हुँदै
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलका सेवाहरुमा छुट
- प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने कार्यसूची
- शेयरबजार : २६ सय टेक्याे नेप्से
- बजेट पास गर्न एमालेको ह्विप
- प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै मन्त्रीहरू (लाइभ)
- मिथेन ग्यास र फलाम उत्खननमा शीघ्र लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
- यस्ताे छ संघीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची
- पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
प्रतिकृया दिनुहोस