डीआईजी अर्जुन चन्दको राजीनामा हाेइन बिदा स्वीकृत
- गाउँ सहर संवाददाता
- २२ माघ सोमबार, २०८० | १७:०३:०० मा प्रकाशित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ ।
राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए ।
उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।
यस्तै एक एआईजीले अहिले राजीनामा दिँदा डीआईजी चन्द र संगठनलाई पनि राम्रो नहुने भएकाले राजीनामा नदिन भनिएको छ। चन्दको बिदा भने स्वीकृत गरेको छ ।
विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटपिट प्रकरणपछि डीआईजी चन्दले गएको शनिबार राजीनामा दिएका थिए। यद्यपी, उनले व्यक्तिगत कारणले राजीनामा दिएका बताएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस