खेल
वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपाल र लेबनान खेल्दै
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण मंगलबार, २०८० | ०८:२१:०० मा प्रकाशित
काठमाडाैं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न आज नेपाल लेबनानसँग खेल्दैछ। नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । वाफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो ।
त्यस्तै दोस्रो खेलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ ।
आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रेडक्रस दिवसका अवसरमा लिटल फ्लावरमा विविध कार्यक्रम
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
प्रतिकृया दिनुहोस