खेल

त्रिकोणात्मक टि-२० आई सिरिजकाे फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने

काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो । 

योसँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ । अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपालको ४ अंक र नामिबियाको ३ अंक मात्र रहेको छ ।

लिग चरणमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित हासिल गरेको थियो ।

आइतबार टस जितेर पहिले नेदरल्याण्डसले फिल्डिङ रोजेको थियो । नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएपछि बर्षाले खेल रोकिएको हो । 

रेफ्रीले नामिवियाका कप्तान जेजे स्मिथ र नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सलाई बोलाएर म्याच खेल नहुने जानकारी गराएका थिए ।

वर्षाले रोकिएको खेल सुचारु हुन नसक्दा १/१ अंक बाँडेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत