ब्रिटिस एजुकेशन ग्रुपले किन्याे क्यानडास्थित १२५ वर्ष पुरानो कलेज
- गाउँ सहर संवाददाता
- २८ असार शुक्रबार, २०८१ | १९:२०:०० मा प्रकाशित

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज खरिद गरेको छ। नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीसी) खरिदन गरेको हो।
सन् १८९९ मा स्थापना भएको हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरुमा शिक्षा प्रदान गर्दै आइरहेको छ। सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकताहरू पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेश एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेशन एण्ड डिजिटल आर्टस् विषयहरुको अध्यापन गराउँदै आएको छ।
स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्द एमबीसीले रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गर्दै आएको छ। अब ब्रिटिस एजुकेशन ग्रुपले सो कलेजलाई खरिद गरेसँगै लण्डनस्थित द उलविच कलेजमा रहेका केही पाठ्यक्रमहरु थप गर्ने योजना बनाएको छ।
शैक्षिक नेटवर्कलाई विस्तार गर्दै लगेको ब्रिटिस एजुकेशन ग्रुपका सीइओ राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबीसी अधिग्रहण गरेपछि प्रतिक्रिया दिँदै भने, ‘हामी आफ्ना विद्यार्थीहरूलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छौं। यस अधिग्रहणले नेपाल, दुबई, र क्यानाडाका हाम्रा क्याम्पसहरूबीच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ग्लोबल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवर्द्धन गर्नेछ।’
सीईओ कँडेलले ६ महिनाभन्दा बढी लामो समयको अधिग्रहण प्रकृयामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गर्दै कृतज्ञता व्यक्त गरे। ब्रिटिस एजुकेशन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरू सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरूलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेको छ। पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताको लागि महत्वपूर्ण उपलब्धि भएको ग्रुपको विश्वास छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस