शेयर बजारमा १७ अर्ब २६ करोडको कारोबार हुँदा ३५.५५ अंकको वृद्धि
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | १५:११:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३५.५५ अंकले बढेर दुई हजार ६ सय ९६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८९ वटाको बढेको छ भने ४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड रहेका छन् ।
आज एशियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६० करोड १० लाख बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
प्रतिकृया दिनुहोस