'युवाहरूको बल र स्थानीय संगठनको जगमा राजसंस्था र हिन्दुराष्ट्र पूनर्स्थापना'
- गाउँ सहर संवाददाता
- १५ श्रावण मंगलबार, २०८१ | १७:५०:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्सेर राणाले युवाहरूकोे बल र स्थानीय संगठनको जगमा राजसंस्था तथा हिन्दुराष्ट्र पूनर्स्थापना गर्ने बताएका छन् ।
‘देशको समस्या र आवश्यकता चानचुने कुराले पूरा हुँदैन, त्यसकारण हिजोको गल्ती सच्याएर राजा सहितको प्रजातन्त्र, हिन्दुसंस्था एवं भ्रष्टाचारमुक्त सुशासन स्थापना गर्न टड्कारो भएको छ । यसै लक्ष्य प्राप्त गर्न राप्रपाले देशभरीका वडाबाट बीस हजार युवा दस्ता खडा गर्नेछ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
संगठन विभागको कार्ययोजना अनुरुप काठमाडौं महानगर कार्य समितिद्वारा आयोजित विस्तारीत वैठकमा उपाध्यक्ष हेमजंग गुरुङले पार्टीको एजेण्डा जनताबीच लोकप्रिय बनेको अवस्था इंगित गर्दै संगठन निर्माणको नियमित कामलाई जोडबल दिनुपर्ने बताए ।
महामन्त्री कुन्ती शाहीले हिजोको अनुभवबाट पाठ सिक्दै राप्रपाले आन्दोलनको आगामी रणनीति तयार गर्ने बताइन् । आन्दोलनमा युवाहरूकोे महत्वपूर्ण भुमिका रहनेछ भन्दै कम क्षति र अधिकतम प्रभावको लाइनमा आन्दोलन अघि बढ्ने बताइन् ।
प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा देखिएको महारोग केवल सरकार परिवर्तन गरेर मात्र समाधान नहुने बताए । त्रिपक्षीय द्वन्द्वको एक पक्ष राजसंस्थालाई शान्ति प्रक्रियामा समावेश नगरी भएका गल्ती सच्याएर देशमा नवीन समझदारी गर्नुपर्ने, सबै विचार र शक्ति समेटेर दिगो शान्ति कायम गर्नुपर्ने बताए ।
महानगर समितिका अध्यक्ष केदार धमलाको अध्यक्षतामा सम्पन्न विस्तारीत वैठकमा नगर तथा वडा समितिका प्रदाधिकारीहरूले पार्टी संस्थागत रूपमा चल्नुपर्ने, जिल्ला, नगर र क्षेत्र तहको चेन अफ कमाण्ड केन्द्रले मिच्न नहुने, गणेश प्रवृत्ति अन्त्य हुनुपर्ने, राजसंस्था र हिन्दु अधिराज्य पूनर्स्थापना गर्न अर्जुनदृष्टि लगाउनु पर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति
- नेप्से परिसूचक र काराेबार रकम दुवै बढ्याे
- बैङ्किङ सिस्टममा आएको अराजकता बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेका छाैँ - गभर्नर अधिकारी
- ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि
- रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेता–कार्यकर्ताले एमाले छाडे
- महिला यू-१९ विश्वकपमा आज नेपालको स्कटल्याण्डसँग खेल्दै
- पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले आजको मौसम यस्ताे
- प्रथम खो खो विश्वकपमा नेपाली महिला टिम दाेस्राे
- आइएमई पेमा उडान मेला: आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक
- राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट खारेज
प्रतिकृया दिनुहोस