भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- गाउँ सहर संवाददाता
- ३१ श्रावण आइतबार, २०८३ | २१:३५:०० मा प्रकाशित
काठमाडौं । नेपाल आयल निगमले भोलि (भदौ १) देखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार गरिने जनाएको छ । निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ ।
"२०८३ भदौ १ गते सोमबारका दिनदेखि सम्बन्धित ग्याँस उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्याँसको बिक्री वितरणको व्यवस्था मिलाइएको छ । उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्नुहुन निगम अपिल गर्दछ," निगमले सूचना जारी गर्दै भनेको छ ।
साथै, बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।
"उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्यासहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउनू," निगमले भनेको छ ।
बिक्रेता/वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारेर अनिवार्य रूपमा सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्नेछ ।
ग्यासको बिक्री वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राखी बिक्री वितरण गर्नुपर्ने निगमले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
प्रतिकृया दिनुहोस