जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०८३ | १८:२८:०० मा प्रकाशित
झापा । भद्रपुर नगरपालिका–७, चन्द्रगढी निवासी तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्रगढी शाखाकी एजेन्सी म्यानेजर बिनु देवी धमालाले छोराको जन्मदिनलाई विशेष बनाउँदै रु. १७ लाख बराबरको जीवन बीमा गराएकी छन्।
धमालाले आफ्ना छोरा एन्जल धमालाको जन्मदिनको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन शुभारम्भ योजना’ अन्तर्गत रु. १७ लाखको जीवन बीमा गराएकी हुन्।
जन्मदिनलाई केवल उत्सव र खुसी साटासाट गर्ने अवसरमा सीमित नराखी छोराको सुरक्षित भविष्य र परिवारको आर्थिक सुरक्षासँग जोड्ने उद्देश्यले बीमा गरिएको धमालाले बताइन्।
उनका अनुसार जीवनमा आइपर्न सक्ने आकस्मिक आर्थिक जोखिम तथा भविष्यमा उत्पन्न हुनसक्ने आर्थिक भार न्यूनीकरण गर्न जीवन बीमा महत्वपूर्ण माध्यम हो। उनले अभिभावकहरूलाई आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न समयमै उपयुक्त बीमा योजना छनोट गर्न आग्रहसमेत गरेकी छन्।
“जन्मदिनमा अन्य उपहारभन्दा छोराको भविष्यका लागि गरिएको जीवन बीमा अझ महत्वपूर्ण उपहार हो,” धमालाले भनिन्। उनले बचतसँगै आर्थिक सुरक्षा सुनिश्चित गर्न जीवन बीमाको भूमिका महत्वपूर्ण रहेको बताइन्।
जन्मदिनको अवसरमा गरिएको यस प्रकारको बीमा निर्णयले बचत, आर्थिक सुरक्षा र भविष्यको योजनाबद्ध तयारीको महत्वलाई उजागर गरेको छ। साथै, अभिभावक तथा युवापुस्तालाई सानै उमेरदेखि भविष्यप्रति सचेत हुँदै आर्थिक सुरक्षाका लागि योजनाबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ।
सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध एजेन्सी म्यानेजर धमालाले आफ्नै परिवारबाट जीवन बीमाको महत्वलाई व्यवहारमा उतार्दै दिएको यो सन्देश बीमा सचेतनाका दृष्टिले समेत सकारात्मक र अनुकरणीय मानिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस