जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- गाउँ सहर संवाददाता
- २९ श्रावण शुक्रबार, २०८३ | १८:२८:०० मा प्रकाशित
झापा । भद्रपुर नगरपालिका–७, चन्द्रगढी निवासी तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्रगढी शाखाकी एजेन्सी म्यानेजर बिनु देवी धमालाले छोराको जन्मदिनलाई विशेष बनाउँदै रु. १७ लाख बराबरको जीवन बीमा गराएकी छन्।
धमालाले आफ्ना छोरा एन्जल धमालाको जन्मदिनको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन शुभारम्भ योजना’ अन्तर्गत रु. १७ लाखको जीवन बीमा गराएकी हुन्।
जन्मदिनलाई केवल उत्सव र खुसी साटासाट गर्ने अवसरमा सीमित नराखी छोराको सुरक्षित भविष्य र परिवारको आर्थिक सुरक्षासँग जोड्ने उद्देश्यले बीमा गरिएको धमालाले बताइन्।
उनका अनुसार जीवनमा आइपर्न सक्ने आकस्मिक आर्थिक जोखिम तथा भविष्यमा उत्पन्न हुनसक्ने आर्थिक भार न्यूनीकरण गर्न जीवन बीमा महत्वपूर्ण माध्यम हो। उनले अभिभावकहरूलाई आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न समयमै उपयुक्त बीमा योजना छनोट गर्न आग्रहसमेत गरेकी छन्।
“जन्मदिनमा अन्य उपहारभन्दा छोराको भविष्यका लागि गरिएको जीवन बीमा अझ महत्वपूर्ण उपहार हो,” धमालाले भनिन्। उनले बचतसँगै आर्थिक सुरक्षा सुनिश्चित गर्न जीवन बीमाको भूमिका महत्वपूर्ण रहेको बताइन्।
जन्मदिनको अवसरमा गरिएको यस प्रकारको बीमा निर्णयले बचत, आर्थिक सुरक्षा र भविष्यको योजनाबद्ध तयारीको महत्वलाई उजागर गरेको छ। साथै, अभिभावक तथा युवापुस्तालाई सानै उमेरदेखि भविष्यप्रति सचेत हुँदै आर्थिक सुरक्षाका लागि योजनाबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ।
सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध एजेन्सी म्यानेजर धमालाले आफ्नै परिवारबाट जीवन बीमाको महत्वलाई व्यवहारमा उतार्दै दिएको यो सन्देश बीमा सचेतनाका दृष्टिले समेत सकारात्मक र अनुकरणीय मानिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
प्रतिकृया दिनुहोस