झाडापखालाबाट बाँकेमा चार जनाको मृत्यु, १२ जना बिरामी
- गाउँ सहर संवाददाता
- १७ भदौ सोमबार, २०८१ | ०९:४२:०० मा प्रकाशित
काठमाडाैं । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ।
बिगत केही दिनदेखि फैलिएको झाडापखालाबाट नरैनापुर- ३ मा चार जनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिइन्। चार जनाकाे आइतबार मृत्यु भएकाे हाे।
नरैनापुर भारतसँग सीमा जोडिएको गाउँपालिका हो। नरैनापुर- ३ को गेगली गाउँमा झाडापखाला फैलिएको हो।
झाडापखालाबाट हरिराम पासीकी श्रीमती २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी, सोही ठाउँका मोहन लाल पासीकी श्रीमती ६० वर्षीया शान्ति र सखावत अलिका १० वर्षका छोरा युसुफको मृत्यु भएको उपाध्यक्ष श्रीवास्तले जानकारी दिइन्।
नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले झाडापखाला फैलिएको गाउँमै पुगेर बिरामीको उपचार सुरु गरेको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताए।
के कारणले झाडापखाला फैलियो पुष्टि भएको छैन। स्वास्थ्यकर्मीले गर्मी र दूषित पानीको कारण झाडापखाला फैलिएको आशंका गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले भने झाडा पखालाबाट गाउँलेको मृत्यु भएको विषयमा कुनै जानकारी नआएको जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस