ज्योति विकास बैंकका ग्राहकहरुलाई Skywalk Nepal मा विशेष छुट
- गाउँ सहर संवाददाता
- १२ कार्तिक सोमबार, २०८१ | १८:४६:०० मा प्रकाशित
काठमाडाैँ। ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई "Skywalk Nepal" मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित "Skywalk Nepal" मा २०% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका मार्केटिंग तथा ब्रान्डिङ विभागका प्रमुख कुशल जंग अधिकारी तथा SkyWalk Nepal को तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरे।
यस सम्झौतापश्चात, ज्योति विकास बैंकका ग्राहकहरूले Skywalk Nepal का भ्यू टावर भ्रमण गर्दा टिकट शुल्कमा आकर्षक छुट पाउनेछन्। छोटो समयमै अन्तरिक तथा बाह्य पर्यटकहरुको माझ प्रमुख भ्रमण गन्तब्य बन्न सफल Skywalk टावर काठमाडौँको दृष्यावलोकनको लागि उचित छ। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैंकले पोखरास्थित "Kuti Resort" मा बैंकका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैंकले चितवनस्थित "Jungle Villa Resort" र मकवानपुरस्थित प्रख्यात "Tistung Resort" मा बैंकका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस