आइएमई पेमा उडान मेला: आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक
- गाउँ सहर संवाददाता
- ६ माघ आइतबार, २०८१ | १८:५३:०० मा प्रकाशित

काठमाडाैं । आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यका साथ 'उडान मेला' नामक योजना सार्वजनिक गरेको छ।
गत माघ २ गतेबाट सुरू भएको यस अफर मार्फत आइएमई पेका सेवाग्राहीहरूले आन्तरिक हवाई टिकटमा तीन सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।
योजनामा नियमित ग्राहकहरूले 'सेभ१००' प्रोमोकोड राखेर एक सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरूले 'फर्स्ट फ्लाइ' प्रोमोकोड राखेर तीन सय रूपैयाँको क्यासब्याकको लाभ उठाउन सक्नेछन्।
हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा 'ह्याब प्रोमोकोड?' सोधिएको ठाउँमा यि प्रोमोकोडहरू राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ।
'आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै 'उडान मेला' ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ,' आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस